धनगढी : सशस्त्र प्रहरीले धनगढी उप महानगरपालिका वडा नम्बर २ मिलनचोकबाट भारतबाट अबैध रुपमा भित्रिदै गरेको समान बरामद गरेको छ । आइतबार र सोमबार सशसत्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिनगरबाट सशस्त्र प्रहरी निरिक्षक गोबिन्द बहादूर सिहंको कमाण्डमा खटिएको टोलीले ५ लाख बढीको समान बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भित्रिदै गरेको कम्प्युटर पाट्स, हार्डवेयर पार्टस, लेडिज सुज, इन्भटर, जुत्ता चप्पल लगायतका ५ लाख २२ हजार ९ सय १० रुपयाँ बराबरको अबैध समान बरामद गरिएको हो । बरामद गरिएको समान कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।