धनगढी : कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर एकजनको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँका ३६ बर्षिय दल बहादूर बोहराको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।