कैलाली। नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। यस्तै सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फका लागि २१ जनाको नाम समावेश गरेको छ। सूचीको पहिलो नम्बरमा तारक बुढाएर र अन्तिममा सुशिला वि.कको नाम उल्लेख छ। नागरिकताको हिज्जे अनुसार राम राखिएको सूचीमा उल्लेख गरिएको छ।
यस्तै देशभर काँग्रेसले निर्वाचन आयोगमा ११० जनाको नाम सुचि बुझाएको हो ।प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फका कांग्रेस उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ । बन्दसूचीलाई लिएर नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टीको संस्थापन पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै उनीहरुले नाम सच्याउन दबाब दिएका छन् ।कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, अनि आठौँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समेटिनुभएको छ ।कांग्रेसभित्र चुनावको टिकट वितरणलाई लिएर बिवाद बढ्दै गएको छ । असन्तुष्ट पक्षको पछिल्लो भेलाले समानुपातिकको बन्दसूची नसच्याए र टिकट वितरणमा एकलौटी गरेमा चुनावमा भाग नलिनेसम्मको चेतावनी दिएको छ।(सूचीसहित)