धनगढी : कैलालीका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । डोटीको सायल गाउँपालिका १ स्थित स्वासथ्य चौकीका ईन्चार्ज दीर्घ खड्का पक्राउ परेका हुन् । एक महिलामाथी दुब्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले बताए ।
आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिलालाई दुब्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ । खड्का जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
ति महिला खड्काकी पुर्व प्रेमिका रहेको खुलेको छ । धनगढीमा पुर्व प्रेमिका रहेकी ति महिलाको कोठामै खड्का गएका बेला ति महिलाका श्रीमानले देखेपछि झडप समेत भएको थियो । विवादका क्रममा उनीहरुबीच कुटाकुट समेत भएको थियो । उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ । ती महिला विवाहित हुन् ।
आफ्नी पुर्व प्रमिकाको कोठामा गएका बेला उनका श्रीमानले देखेपछि घटना बाहिरिएर प्रहरी सम्म पुगेको हो ।