धनगढी : काग्रेंसकै अन्तरकलहका कारण प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले धनगढीबाट चुनाव नलड्ने मनसाय बनाएर समानुपातिक रोजिसकेकी छिन् । २०७४ सालमा एमालेका नारदमुनीरानासंग पराजित आरजुले यसपालीपनि असहज देखेपछि समानुपातिक रोजेकी हुन् । आरजुले समानुपातिक रोजेपछि यहाँ कसले टिकट पाउने भनेर चासो भइरहेको छ । क्षेत्रबाट एकल उमेदवारका रुपमा सिफारिश आरजुले समानुपातिक रोजेपछि समानुपातिक तथा प्रदेशका लागी सिफारिश भएकाहरु संघको टिकटका लागी दावी गरिरहेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा आरजुपछि टिकट पाउने चर्चामा रहेका नेताहरुभन्दा चर्चा नभएका नेताले टिकट पाउने सम्भावना बढेको छ । हाल टिकट पाउने चर्चामा रहेका नेताहरु समानुपातिकमा रोजेका काग्रेंस केन्द्रिय सदस्य नृप बहादूर वड, केन्द्रिय सदस्य शुसिला मिश्र भट्ट, सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु, प्रदेश रोजेका छितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिश भएका सुनिल भण्डारी लगायतका नेताहरु प्रत्यक्षको टिकटका लागी अहिले लागेका छन् ।
तर टिकट भने प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्तले पाउने सम्भावना निकै बढी छ । काग्रेंस श्रोतका अनुसार पन्तलाई देउवाले कैलाली क्षेत्र नम्बर ५ को टिकट दिने तयारी गरेका छन् । देशभरी बाम गठबन्धन भएका बेला समेत कैलाली ५ ख बाट प्रदेशसभाको निर्वाचन जितेका पन्त पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको रोजाइमा पर्ने सम्भावना बढी छ ।