धनगढी : राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिधेयक प्रमाणिकरण नगरेर संबिधान कुल्चेको भन्दै वाइसिएल नेपाल र नेपाल तरुण दलले कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संबिधानको संरक्षण गर्नुपर्ने ठाउँमा रहेकी राष्ट्रपतिले संबिधाननै नमानेको भन्दै सम्बैधानिक ब्यवस्थामाथी प्रहार भएको वाइसिएल र तरुण दलको ठहर छ ।
राष्ट्रपतिको यो कदम बिरुद्ध सचेत रहन गणतान्त्रत्मक संबैधानिक ब्यवस्थाका पक्षधर सबैलाई वाइसिएल र तरुण दलले आग्रह गरेको छ । नागरिकता बिहिन नेपाली नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने संबैधानिक अधिकारबाट बञ्चित हुने गरी राष्ट्रपतिबाट गम्भिर तु्रटी भएको भन्दै तरुण दल र वाइसिएलले तुरुन्तै सच्याउन माग गरेको छ ।
वाइसिएल नेपाल कैलालीका संयोजक भेषराज जैशी र तरुण दल कैलाली अध्यक्ष दिपेन्द्र बमद्वारा हस्ताक्षरित ज्ञापन पत्र कैलालीका प्मुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई बुझाइएको हो । ज्ञापनपत्र बुझाउनका लागी वाइसिएल नेपालका केन्द्रिय सचिव सुरज खाती, केन्द्रिय सदस्य बसन्त कार्की, कैलाली जिल्ला ईन्चार्ज जयन्द्र दाहाल लगायतका युवा नेताहरु उपस्थित थिए ।