धनगढी : नेपाली काग्रेंसबाट कैलाली क्षेत्र नम्बर ५ का लागी सिफारिश भएकी आरजु राणा देउवाले समानुपातिक रोजेपछि एकल उमेदवारका रुपमा आफु मात्रै रहेको नेपाली काग्रेंसका महासमिति सदस्य छितिज भण्डारीले बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी पार्टीमा २ जनाले मात्रै उमेदवारी पेस गरेकोमा राणाले समानुपातिक रोजेपछि निर्बिकल्प उमेदवार आफु मात्रै रहेको उनले बताएका हुन् ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भण्डारीले अब आफु एकल उमेदवार रहेको बताउँदै प्रचार प्रसार तिब्र पारेको बताएका हुन् । पार्टीमा आरजु रााणा देउवा र मैले मात्रै प्रतिनिधीसभाका लागी उमेदवारी पेस गरेका थियौँ उहाँले समानुपातिक रोजेपछि म एकल उमेदवार रहे भण्डारीले भने “पार्टीमा अरु कसैको दावीनै थिएन त्यस कारण म एकल उमेदवार भएको छु, म काठमाण्डौँ नेताका घरमा होइन जनताका घरमा गइरहेको छु, मत मागिरहेको छु ।”
म कैलाली क्षेत्र नम्बर ५ बिषेसगरी धनगढीलाई धनगढी बनाउने छु उनले भने “यहाँ धनगढीको कोही छैन, कोही अछामी, डोटेली, बाजुरेली, बैतडेली, बझागी, पुर्वेली, पश्चिमेली, राना, थारु, बाहुन क्षेत्री गरी धनगढीलाई धनगढी नबनाएर क्षेत्रियता र जातियताको मैदान बनाएका छन् म यसलाई चिर्छु हामी धनगढीका हौँ भन्ने आभास दिन्छु ।”
धनगढीमा सबै जातजाती, धर्म, लिगं, क्षेत्रलाई मिलाउने म मात्रै एक्लो ब्यक्ती छु भण्डारीले भने “सबैको साझा धनगढी बनाउनका लागी क्षेत्र र बर्ग, जातका आधारमा चुनाव लड्ने होइन क्षमता र जनतामा भिजेका आधारमा टिकट दिनुपर्छ र चुनाव लड्नुपर्छ ।” म संग त्यो क्षमता छ, म यहाँँको बिकास गर्न सक्छु, यतै हुर्केको यतै पढेको मेरो बुवा बाजेले यहाँको सरकारलाई समेत जग्गा दान गर्नुभाछ मान्छेलाई त सहयोग कति हो कती उनले भने “यस कारण मेरो बिकल्प छैन ।”
म सेखर कोइराला समुहको मान्छे हुँ भागबण्डा गर्दापनि मेरो भागमा टिकट पर्छ उनले भने “आफ्नै पार्टीका कार्यक्रतालाई वाइपास गरेर गठबन्धन गरिन्छ भने स्वूकार्य छैन पहिला पार्टी मिलाउनुपर्छ पार्टीमा सबैको मुल्याकंन हुनुपर्छ ।”