धनगढी। कैलालीको धनगढीमा एक विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार धनगढी वडा नम्बर ४ का खडकसिंह खड्का रहेको हो। उनले लागु पदार्थ सेवन गरेको र घटनाको थप अनुसन्धान भइरहको जनाइएको छ।


