धनगढी : धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १६ को उल्टापानी भन्ने ठाउँमा ट्याक्टर दुर्घटना भएको हो । उल्टापानीको नालामा ट्याक्टर दुर्घटना हुँदा चालक ४३ बर्षिय हरी प्रशाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट घोराही तर्फ गइरहेको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ।
चालकको घटना स्थलमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।