धनगढी : नेपाली कागेंसकी नेतृ तथा प्रधानमन्त्री शेर बहादूर देउवा पत्नी आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट ब्याक हुने भएपछि यो क्षेत्रका लागी उमेदवार बन्न अहिले हानथाप चलेको छ । कैलाली क्षेत्र नम्बर ५ मै राजनिति गरेका र बाहिर राजनिति गरेका नेताहरु कैलाली ५ बाट चुनाव लड्ने आकाक्षां देखाइरहेका छन् ।
कैलाली ५ बाट काग्रेंसको समानुपातिकमा रोजेका काग्रेंस केन्द्रिय सदस्य नृप बहादूर वड, केन्द्रिय सदस्य शुसिला मिश्र भट्ट, सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु, प्रदेश रोजेका छितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिश भएका सुनिल भण्डारी लगायतका नेताहरु प्रत्यक्षको टिकटका लागी अहिले लागेका छन् ।
यि मात्रै होइनन् नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य नैन सिंह महर पनि धनगढीबाट उम्मेदवार बन्ने चर्चा चलेको छ । पार्टीले निर्णय गरे महर धनगढीबाट उम्मेदवार बन्ने छन् । महरको नाम कैलाली क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
त्यसै गरी नेकपा एमालेका उम्मेदवार नारद मुनी राना हुन सक्ने भएकोले रानासँग सोही समुदायकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई पार्टीले प्रतिस्पर्धा गराउन सक्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले बताए । नेपाली काँग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरको नाम पनि धनगढीबाट उम्मेदवार बन्ने सम्भावना छ । डोटीमा गठबन्धनका कारण टिकट नपाउने भएपछि बलायरलाई पार्टीले धनगढीबाट उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।