धनगढी ः २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका एमालेका पोलिटब्युरो सदस्य नारदमुनी रानालाई यस पटकको चुनावमा निकै सकस हुने देखिएको छ । २०७४ सालमा बाम गठबन्धन र काग्रेंसभित्रकै अन्तर बिरोधका कारण बिजयी भएका रानालाई यस पटक चुनाव जित्न निकै सकस हुने देखिएको हो ।
काग्रेंसकै अन्तरकलहका कारण प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले धनगढीबाट चुनाव नलड्ने मनसाय बनाएकी छिन् । उनले समानुपातिकबाट मनोनयर गरिसकेकि छिन् । काग्रेंसकै अन्तरकलहका कारण आरजु २०७४ सालमा एमालेका नारदमुनी रानासंग पराजित भएकि थिइन् । अहिले भने आरजुले कैलाली क्षेत्र नम्बर ५ छोडेपछि यहाँकै स्थानिय नेता प्रतिनिधीसभाको उमेदवार बन्ने बताइएको छ ।
कैलाली ५ बाट काग्रेंसको समानुपातिकमा रोजेका काग्रेंस केन्द्रिय सदस्य नृप बहादूर वड, केन्द्रिय सदस्य शुसिला मिश्र भट्ट, सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु, प्रदेश रोजेका छितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिश भएका सुनिल भण्डारी लगायतका नेताहरु प्रत्यक्षको टिकटका लागी अहिले लागेका छन् । उनिहरुमध्ये जुनसुकैले टिकट पाएपनि रानालाई चुनाव जित्न निकै सकस हुने माओवादीका एक नेताले बताए ।
२०७४ सालमा माओवादीका भोट र काग्रेंसकै केही भोटले नारदमुनी राना बिजयी हुनुभएको हो ति नेताले भने “माओवादीको मात्रै कम्तिमा १२ हजार मत थियो अहिले झन बढेको छ त्यस कारण राना भन्दा धनगढीमा गठबन्धनका उमेदवार दोब्बर मतले जित्नुहुन्छ ।” बिगतको तुलनामा रानाको फिल्ड एकदमै बिग्रेको छ ति नेताले भने “आरजु कैलाली ५ बाट लडेको भएपनि राम्रो मतका साथ जित्नुहुन्थ्यो तर कसले के कुरा लगायो उहाँ कैलाली ५ बाट पन्छिनुभएको छ तर गठबन्धनको जो सुकै उमेदवार भएपनि चुनाव जित्छ ।”
काग्रेंसका नेताहरुपनि कैलाली ५ मा राम्रो मत ल्याउने गरी उमेदवार तयार गरिरहेको बताउँछन् । कैलाली ५ बाट लोकप्रिय मतका साथ चुनाव जित्ने उमेदवारलाई सर्वसम्मत सहमती गराउने प्रयासमा लागेको काग्रेंस केन्द्रिय सदस्य नृप वडले बताए । कैलाली क्षेत्र नम्बर ५ बाट काग्रेंसको उमेदवारलाई कसरी जिताउन सकिन्छ हामी त्यो तयारी गरिरहेका छौँ वडले भने “काग्रेंसको उमेदवार जिताउने गरी हामी लाग्ने छौँ, टिकटका लागी हामी धेरै आकाक्षीं देखिएपनि हामी सहमती गरेर बलियो काग्रेंस बनाउने छौँ ।”