धनगढी : नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो ।
आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ । कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् ।
आरजु भाउजुले समानुपातिक रोजेपछि गड्याङगुडुङ छ काग्रेंसका एक नेताले भने “उहाँले समानुपातिक रोज्नुहुन्छ भन्ने लागेको थिएन तर समानुपातिकमै नाम पठाइएपछि कैलाली ५ को सम्भावित उमेदवार को हुने केही निश्चित छैन हामी अनबिज्ञ छौँ ।” अब उमेदवार छान्न झन कठिन छ ति नेताले भने “हेरौँ नेतृत्वले कसलाई रोज्छ हामीले त आरजु भाउजुलाइनै एकल सिफारिश गरेका हौँ ।”
आरजुको धनगढीमा ५ बर्षे लगानी
आरजुले २०७४ सालको निर्वाचन हारेपछि २०७९ सालकै निर्वाचनका लागी धनगढीमा निकै लगानी गरेकी छिन् । कैलारी गाउँपालिकाका २ वडा र धनगढी उप महानगर पर्ने कैलाली क्षेत्र नम्बर ५ मा उनले ५ बर्ष अघीदेखीनै लगानी शुरु गरेकी हुन् । तर त्यो लगानीलेपनि उनलाई जित्ने आधार दिएन । हामीले त देशकै शक्तीशाली महिला धनगढीमा चाहेका थियौँ काग्रेंसकै एक नेताले भने “धनगढीमा आरजु राणा देउवाले जित्नु भनेको प्रधानमन्त्रीले जित्नु सरह हो धनगढीको बिकास कायापलट हुने थियो तर उहाँले समानुपातिकमा रोज्नुभयो त्यसको दोश कैलाली क्षेत्र नम्बर ५ बाट केन्द्रिय सदस्य बन्नेहरु र जिल्ला नेतृत्वले लिनुपर्छ, आरजु भएकै कारण एउटै क्षेत्र बाट ३ जना केन्द्रिय सदस्य भएका हुन् अन्य क्षेत्रमा कहाँ भएका छन् र उहाँहरुले आरजु मेडमलाई जित्ने आधार दिनुपर्ने हो तर उहाँलाई आधार दिन नसकेकै कारण ब्याग हुनुभएको हो ।”
आरजु मेडमले धनगढीमा हारेरपनि यत्रो लगानी गर्नुभएको छ ति नेताले भने “बिकासका योजना देखी बिभिन्न सहयोगमा जितेका माननिय भन्दा दोब्बर बढी काम आरजु मेडमले गर्नुभएको छ, धनगढीबाटै जिल्लामा हुन नसक्ने नेताहरुलाई केन्द्रिय सदस्य आरजु मेडमलेनै बनाउनुभएको छ अनी उहाँकै लागी जित्ने आधार बनाउन नसक्नु तिनै नेताहरुको कमजोरी हो उहाँहरुले जवाफ दिनुहोला ।” धनगढीबाट आरजु मेडमले ब्याक हुनु भनेकै धनगढी बिकासबाट बर्षौँ पछाडी धकेलिनु हो ति नेताले भने “अब उहाँ बाहेक अहिलेसम्म खासै उमेदवार देखिनुभएको छैन जिल्लाबाट एकल सिफारिश हुनुभएको छ हेरौँ केन्द्रले कसलाई बिश्वास गर्छ, कसलाई टिकट दिन्छ अहिले भन्न सकिन्न ।”
पुस्करनाथकै कारण ब्याक
२०७४ सालमा पुर्व राज्यमन्त्री तथा तत्कालिन काग्रेंस नेता पुस्करनाथ ओझाले आरजुलाई हराउन भुमिका खेलेको आरोप लागेका ओझाकै कारण आरजु यस पटक कैलाली ५ बाट ब्याक भएको काग्रेंस नेताहरु बताउँछन् । ओझालाई फकाउन देउवाले हर प्रयास गरेपनि उनले नमानेपछि प्रधानमन्त्री देउवाकै निर्देशनमा आरजुले समानुपातिकमा मनोनयन गरेको काग्रेंस एक नेताको भनाई छ ।
को होला उमेदवार
कैलाली क्षेत्र नम्बर ५ बाट आरजु ब्याग भएपछि काग्रेंसबाट उमेदवार को हुने भनेर चर्चा शुरु भएको छ । आरजु ब्याक भएपछि बलियो उमेदवारका रुपमा नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु देखिएका छन् । पार्टीले शाहलाई टिकट दिन सक्ने सम्भावना बलियो रहेको काग्रेंस कैलालीका एक नेताले बताए । आरजु पछि को बलियो उमेदवार नरनारायण शाहनै हुन सायद केन्द्रले उहाँलाई टिकट दिन सक्छ ति नेताले भने “नरनारायण शाहले टिकट पाए लोकप्रिय मत ल्याएर उहाँ बिजयी हुनुहुन्छ, पार्टी कार्यक्रता र जनतामा राम्रो प्रभाव भएका शाहले टिकट पाउने बिश्वास छ ।”
शाह संगै नेपाली काग्रेंसका पुर्व केन्द्रिय सदस्य शुनिल भण्डारीपनि कैलाली ५ मा टिकट पाउने सम्भावना बढी छ । कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिश भएका भण्डारी त्यहाँ नेकपा एसको भागमा पर्ने सम्भावना बढी भएपछि कैलाली ५ बाट लड्ने सम्भावना बढी देखिएको हो । २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ मा तत्कालिन बाम गठबन्धनका उमेदवार लेखराज भट्ट संग पराजित भण्डारीलाई आरजुले समानुपातिक रोजेपछि कैलाली ५ मा बाटो खुला भएको हो ।
यस्तै काग्रेंस महासमिति सदस्य छितिज भण्डारी कैलाली ५ बाट चुनाव लड्ने चर्चा चलेको छ । संघमै चुनाव लड्नका लागी पार्टीमा उमेदवारी पेस गरेका भण्डारीको क्षेत्रबाट प्रदेशका लागी पठाइएपनि उनि संघकै दावेदार रहेको बताउँछन् । म प्रतिनिधीसभाकै लागी उमेदवार हो तर यहाँका नेताहरुले मलाई प्रदेशका लागी सिफारिश गर्नुभाछ भण्डारीले भने “नेतृत्वले मलाई केन्द्रबाटै टिकट दिन्छ भन्नेमा ढुक्क छु, म प्रचार प्रसारमापनि छु चुनाव जित्छु ।”