काठमाडौं। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा पुगेको छ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागी ११० जनाको समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो।
माओवादीसहित माओवादीको निर्वाचन चिह्नबाट निर्वाचन लडेका समेत दलहरुको नाम लिएर पार्टीका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रका १०५ र ५ जना नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरुको नाम समेटिएको जानकारी गराएका छन् । आगामी निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीको निर्वाचन चिह्नबाट निर्वाचनमा होमिँदैछ । जसको कारण बाबुरामको पार्टीलाई माओवादीले ५ सिट छुट्टयाएको हो ।
निर्वाचन आयोगले सोमबार र मंगबारका लागि समानुपातिकको बन्द सूची बुझाउने मिति तोकेको छ । जसअनुसार सोमबार २ राजनीतिक दलले मात्रै सूची बुझाएकोमा आज निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।