संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
सरकारले सार्वजनिक गरेको विभूषित हुनेहरूको नामावलीमा कैलालीका पत्रकार टेकराज जोशी पनि छन् । जोशी नेपाल सेवा प्रवीण पदकबाट विभूषित हुने भएका हुन् । कान्तिपुर टेलिभिजनका उप सम्पादक जोशी डेढ दशकदेखी सक्रिय पत्रकारितामा छन् ।
त्यसबाहेक सुदूरपश्चिमबाट बझाङका देउडा गायक नन्दकृष्ण जोशीले सुर्कीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् । सुप्रबल जनसेवाश्री पदकबाट शिक्षाविद् प्रा।डा। हेमराज पन्त, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा मख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव गंगाबहादुर खरेल विभूषित हुने भएका छन् ।