धनगढी : कञ्चनपुरमा ३ शव फेला परेका छन् । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर १ मा उखुवारीमा दुई जना र पुनर्वास नगरपालिका १० देदा नदी नजिक एक जनाको गरी ३ जनाको शव फेला परेको छ ।
तिनवटै शवको फहिचान नखुलेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार शवहरु सडेका छन् । दोदा नदी किनारमा भेटिएको शव र उखुबारीमा भेटिएका दुई ओटा शवमध्ये एउटा शव महिलाको भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेशराज मल्लले बताए । शवहरु सजिलै पहिचान गर्न नसक्ने अवस्था भएपनि २ वटा महिलाको हुनसक्ने अनुमान गर्रिएको उनले बताए ।