अछाम। अछाम अविरल बर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
उनकाअनुसार उनकाअनुसार कमलबजार वडा नम्बर ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ । भने एक जना घाईतेको उद्धार गरिएको छ। यस्तै कमलबजार वडा नम्बर ६ ठाँटीकाँधमा बेपत्ता भएका ७ जनाको शव फेला परेकोमा ७ जनाको उद्धार गरिएको छ । यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका र घाईते ३ जनाको उद्धार गरिएको रिजालले बताए। तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। प्रहरी नायव उपरीक्षक नारायण डाँगीले मृतकहरुको सनाखत कार्य जारी रहेको बताए। बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको उनले बताएका छन् ।