धनगढी। धनगढीमा मंगलबार दिउँसो (हिजो) एक व्यक्तिको घरमा भारतबाट चोरिएको ८ लाख भारतिय (भारु) रकम भेटियो। धनगढी उपमहानगरपालिका–१८ एफ (F) गाउँ बस्ने ३२ वर्षीया हिरा विकको घरमा ८ लाख भारतीय रुपैयाँ भटिएको हो। प्रहरीले उक्त रुपैयाँ लुकाएकोबारे जानकारी पाएपछि विकको घरमा छापा हानेको थियो।
घरको गहुँ राख्ने भकारी (ड्राम) भित्र बाल्टीमा लुकाई राखेको अवस्थामा ५०० का १६०० थानका ८ लाख भारतीय रुपैयाँ लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। भकारीमा लुकाएर राखेको अवस्थामा ८ लाख भारुसहित फरार भएका विकलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर सोधपुछ र अनुसन्धान पछि मात्रै थाहा भयो, उनले त्यो रकम कमाएर हैन चोरेर ल्याएको रहेछ, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने।
प्रहरी नायब उपरीक्षक जोशीले भने, हिरा विक केहीदिन अघि भारतबाट फर्किएका थिए मुम्बईमा एक व्यक्तिको घरमा धेरै बर्षदेखि काम गर्दै आएका थिए। भारतीय ८ लाख रुपैयाँ समेत लिएर आएका थिए। सोधपुछका क्रममा उनले उक्त रकम आफ्नै शाहुको घरबाट चोरेको भनेर बयान दिएको बताए । त्यो रकम नकमाएर चोरेर ल्याएका रहेछन् उनले भने।धेरैबर्षदेखि आफू शाहुको घरमा काम गर्ने गरेको तर शाहुले बिकलाई तलब नदिएको रहेछ उनले भने। घर आउन जान पनी खर्च नदिदो रहेछ, त्यसपछि ८ लाख रकम चोरेर भागेको रहेछ प्रहरी नायब उपरीक्षक जोशीले भने।
अब ३२ वर्षीय हिरा विकमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने बताए। भारतबाट चोरी गरेर रुपैयाँ नेपाल ल्याएको हुनाले भारतको कानुन र नियम यहाँ लागु हुँदैन् उनले भने । त्यसैले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने र उक्त रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने तयारी हुने बताएका छन् । प्रहरीको माथिल्लो निकाय मार्फत नेपालस्थित भारतीय दुतावासमा चोरीको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।