दार्चुला। दार्चुलामा शुक्रबार गएको बाढी पहिरोबाट बेपत्ता भएका १० जना अझै भेटिएका छैनन्। बेपत्ता भएका १० जनाको खोजी कार्यकालागी सुरक्षाकर्मी र स्थानिय ४ दिनसम्म खोजी कार्यमा जुटेपनी नभेटीएपछि जिवित रहने सम्भावना कम रहेको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार महाकाली नदि किनारमा खोजी जारी राखीएपनी अहिलेसम्म बेपत्ताहरु फेला नपरेको बताए । उनले भने, खोलाले बगाएको शव भेटिनुपर्ने थियो, हराइरहेकाहरु जमिनमा पुरिएको आसँका बलियो हुँदै गएको छ । बर्षा रोएिपनी लास्कु खोलामा पानीको सतह अझै घटेको छैन् । स्काभेटर लगाएर खोलालाई बिच धारमा फर्काउने प्रयास भैरहेको उनले बताए ।
हिजो दिनभर त्यस्तो प्रयास गरेपनी सम्भब नभएको प्रहरी निरीक्षक गाहामगरले बताएका छन् । बाढी र पहिरोले लास्कु खोलाको पक्की र झोलुँगे पुल बगाउँदा ब्यास र दुहुँ गाउँपालीका जाने बाटो अबरुद्ध रहेको जनाइएको छ। लास्कु खोलाको बाढीले ठूलो नोक्सानी पुर्याएको छ। सो खोलाको बाढीले बांगाबगडका धेरै घरहरु बगेर ठूलो नोक्सानी भएको थियो । त्यहाँ अस्थायि तटबन्ध निमार्ण बनाउन सुरक्षाकर्मी र स्थानिय खटिएपनी प्रभाबकारी ढंगले अगाडी बढन् सकेको छैन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्। महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता रहेका छन्। बाढीपहिरोले ६ जनाको मृत्यु भइसकेको छ। बाढीपहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन्। बाढिपहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन्। यस्तै अझै १० जना बेपत्ता रहेका छन् । घरहरु बगाएको र दर्जनौ घरमा क्षती पुगेको छ । भने घाईतेहरुको अस्पतालमा उपचार भैरहेको छ ।