बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने ५९ बर्षिय पुरन सेराला गम्भिर घाइते भएको स्थानिय मनोज सेरालाले वताएका छन् ।गाउँ नजिकै मेलडाडा जंगलमा मंगलवार दिउँसो गोरु चराइरहेको बेला भालुको आक्रमण परि गम्भिर घाइते भएका हुन् ।
घाइते पुरन सेरालालाई अछामको बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको स्थानिय कृष्ण सेरालाले वताए । उनको टाउको, छाति र खुट्टामा गम्भिर चोट लागेको छ । आर्थिक अबस्था कमजोर भएका पुरनको उपचारमा समस्या हुने स्थानियले वताएका छन् ।