हालै २ दिनयता फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालका माध्यमहरुमा ‘बच्चा चोरवाला’ खबर भाइरल छ। भारतबाट बच्चा चोर्ने गिरोह नेपाल छिरेर कैलालीमा पनि प्रवेश गरेको भनेर सञ्जाल प्रयोगकर्ताहरुले फोटोसहितका पोस्टहरु सार्वजनिक गरिरहेका छन्।
उनीहरुले सामाजिक सञ्जालमा फोटो तथा भिडिओ राखेर बच्चा चोर्ने गिरोह कैलाली पसेको र सचेत रहन आग्रह गरिएका कुराहरु लेखिरहेका छन्। यस्ता सामाजिक सञ्जालमा भाइरल बनेका सूचनाका कारण कैलालीका नागरिकहरु पनि झस्किएका छन्। उनीहरुले यस्ता खबरले गर्दा मानिसहरुमा त्रासको वातावरण सृजना भएको बताएका छन्।
तर, कैलाली प्रहरीले भने अहिलेसम्म कैलालीमा त्यस्ता चोरहरु घुसेको कुरा पुष्टि हुन नसकेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्जालमा लेखिएका कुराहरु पुष्टि हुने आधार नभेटिएको जनाएको छ।
यस्तै प्रहरीले सामाजिक सञ्जालमा अफवाह नफैलाउन र यदी त्यस्ता संकास्पद व्यक्ति भेटिए तुरुन्त सूचना दिन भनेको छ। पुर्वी नेपालमा बच्चा चोहरु देखिएपनि सुदूरपश्चिममा भने अहिलेसम्म त्यस्तो नभेटिएको बताइएको छ।
सगुनखबर