धनगढी। धनगढी उपमहानगरपालीका ५ मा अवैध संरचनामा डोजर चलाइएको छ। कैलालीको धनगढी उप–महानगरपालिका ५ ले सडक छेउमा रहेको अवैध संरचना हटाउन डोजर चलाएको हो। वडाले सोमबारदेखि यातायात कार्यालय रहेको सडक पेटीमा बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरेको हो ।
वडा कार्यालयले संरचना हटाउन गरेको सूचनाको अटेरी गरिएपछि डोजर लगाएर हटाइएको वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाही (गज्जु)ले बताए । अध्यक्ष शाहीले ७ दिने सूचनाको मिति सकिएपछि सडक पेटीमा बनाइएका खोका, छाप्रा डोजरको प्रयोग गरी हटाएको बताए । यातायात कार्यालय अगाडीको सडक पेटीमा विभिन्न व्यक्ति समूहले अस्थायी रूपमा बनाइएका खोका, छाप्राका दुर्घटनाको जोखिम बढेको छ।
https://www.facebook.com/gajendra.v.shahi/videos/404621078418686


