कैलाली। कैलालीको धनगढीबाट अवैध लागुऔषध सहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट आइतबार बेलुकी अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् ।
उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशी करिब १ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ पेका हुन् ।प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनउको छ ।