कैलाली। कैलालीमा अन्तर्वार्ता लिने क्रममा विषय विज्ञ बेहोस भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका नापी शाखामा कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिने व्यक्ति बेहोस भएका हुन्। कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिइरहेका विषय विज्ञ रणसिंह रावल सोमबार बिहान बान्ता भएर बेहोस भएका हुन् ।
अन्तर्वार्ताकै क्रममा उनी बिरामी भएको पालिकाले जनाएको छ। अहिले उनलाई अस्पताल लगिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले बताए। रावलको अवस्था सामान्य रहेको उनले बताए । अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना प्रशिक्षार्थी सहभागी थिए । जसमध्ये १० जनाको अन्तर्वार्ता लिइसकिएको छ भने अहिले अन्तर्वार्ता रोकिएको छ ।