शुक्रबार राती परेको अविरल वर्षाका कारण दार्चुलामा ठुलो जनधनको क्षती भएको छ । बाढी र पहिरोमा परी ५ जनाले ज्यान गुमाइसकेका छन्, भने अँझै धेरै बेपत्ता छन् । बाढीपहिरो प्रभावितलाई विभिन्न संघसंस्था र निकायबाट राहत प्रदान गर्ने कार्य भइरहेको छ । यसैबीच बाढीपहिरोका कारण प्रभावितहरुलाई राहत वितरणका लागि वाईसीएल नेपालको टिम प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
दार्चुलाको महाकाली नगरपालिका लासुखोला बाङ्ग बगर र नौगाड गाउँपालिकामा भिषण बर्षापछि आएको बाढीपहिरोले निम्त्याएको जनधनको क्षतिमा राहत दिने उद्देश्यले त्यहाँ जान लागिएको वाईसिएल नेपालले जनाएको छ ।
राहत वितरणका लागि वाईसीएल केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रिय सचिव शिव बोगटी, केन्द्रिय सदस्य सुरज खाती, केन्द्रिय सदस्य बशन्त कार्की लगायतको टिम आपतकालीन सामाग्रीहरू सहित दार्चुला हिँडेको वाइसिएल नेपालका केन्द्रिय सदस्य बसन्त कार्कीले जानकारी दिए ।