धनगढी : कैलालीको एक वडामा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ५ मा धुम्रपान र मध्यपानजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको हो । वडा कार्यालयले आइतबार सुचना जारी गर्दै असोज १ गतेबाट लागु हुनेगरी धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको जनाएको हो।
वडा कार्यालयले सुचना जारी गर्दै वडाभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा किराना पसलबाट १८ वर्षमुनिका बालबालिका एवम् गर्भवती महिलालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरण रोक लगाएको जनाएको छ ।