धनगढी : कैलाली क्षेत्र नम्बर ५ ख मा बल बहादूर ऐरले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनलाई केन्द्रित गरी ऐरले स्वतन्त्रबाट प्रदेशसभाका लागी उमेदवारी दिन् घोषणा गरेका हुन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर ३ का निबर्तमा वडा अध्यक्ष समेत रहेका ऐरले शनिबार सामाजिक सञ्जाल मार्फत प्रदेशसभा ख का लागी उमेदवारी रहने घोषणा गरेका हुन् । उनले उमेदवारी घोषणा संगै प्रदेशसभा ख अन्तर्गत पर्ने सबै वडाबासीहरुसंग भेटघाट कार्यक्रम रहने बताएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा २०७४ सालमा निर्वाचित भएर आएपछिका काम हेरेर जनताले आफुमाथी भरोसा राखेका कारण प्रदेशसभामा गएर जनताका मुद्धा सम्बोधन गराउने उनको चाहाना छ ।
वडा अध्यक्ष हुँदा निकै चर्चा बटुलेका ऐर स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा बिजयी हुनेमा बिश्वस्त छन् । आफ्नो कामलाई सबै जनताले बुझेका कारण पक्कै प्रदेशसभा सदस्यमा आफुलाई सहयोग गर्ने उनको बिश्वास छ ।