दार्चुलामा पहिरोमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । गएरातीदेखी परेको अबिरल बर्षाका कारण दार्चुलामा पहिरो गएको छ । पहिरोमा परी नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो। पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको हो ।
यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।
।