कैलाली। कैलालीमा लागुऔषधसहितपरेका छन्। कैलालीको घोडाघोडी नगरपालिकामा लागुऔषधसहित ४ जना पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन्।
कैलाली प्रहरीले घोडाघोडीको वडा नम्बर १ को बेलारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।उनीहरुको साथबाट २ सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।