धनगढी : कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख का लागी नेकपा माओवादी केन्द्र धनगढी उप महानगर समितिले माओवादीका केन्द्रिय सदस्य रमेश धामीलाई उमेदवार सिफारिश गरेको छ । सत्ता गठबन्धनबाटपनि टिकट पाउने सम्भावना बढी रहेका धामीलाई प्रदेशसभामा पठाउने गरी माओवादी धनगढीले सिफारिश गरेको हो । धामीलाई एकल उमेदवारका रुपमा पार्टीले सिफारिश गरेको हो ।
यस्तै प्रदेशसभा क तर्फ केशवराज जोशी, देविलाल भण्डारी, रमेश कुमार बस्नेतलाई सिफारिश गरेको नेकपा माओवादी केन्द्र धनगढी उप महानगर समिति अध्यक्ष सुरज खातीले जानकारी दिए । प्रतिनिधीसभाका लागी भने तिलक बहादूर सिहंलाई सिफारिश गरिएको छ ।
यस्तै समानुपातिक तर्फ गोबिन्द बिक, बसन्त बागचन्द र टिकाराम सापकोटालाई सिफारिश गरिएको छ । प्रदेश क समानुपातिकमा क मा शान्ति अधिकारी क्षेत्री, राधा मिश्र, मन्तोरा राना, रत्ना देवी चौधरी, प्रेमकला सुनार, शान्ति भट्ट र कोपिला सर्मा सिफारिश भएको पार्टी नगर अध्यक्ष सुरज खातीले बताए ।
यस्तै ख का लागी दल बहादूर बिश्वकर्मा, हिक्मत दर्जी, कृष्ण प्रसाद चौधरी, कृष्णराज गिरि, दिल बहादूर सिहं, शिवनारायण राना, गंगाराम राना, जगतराम चौधरी र घोरम रानालाई सिफारिश गरिएको उनले बताए ।