भारत। नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका संयोजक खडक नागरी र भारतिय जनता पार्टीका दिल्लीका नेता बिजय जुली राजनीतिक भेटघाट भएको छ। भारतमा भएको (भारत नेपाल दोस्ती) कार्यक्रममा परिवार दल सुदूरपश्चिम सयोजक नागरी र भाजपाका नेता जुली बिच भेटघाट भएको हो । भेटघाटका क्रममा भारतिय जनता पार्टीका दिल्लीका नेता बिजय जुलिले नेपाल भारत बिच सदियो देखिको मित्रता रहेको बताएका छन्।
उनले रोटी बेटीको सम्बन्ध र भाइचाराको समन्ध कायम रहेको बताउँदै नेपालमा भारत सरकारले बिना भिजा आउन जानको लागि फ्री गरेको बताए । उनले भने, यो नेपाल भारत बिच एकदमै गहिरो सम्बन्धका कारण सहज भएको हो भने । साथै उनले परिवार दल नेपालमा बैकल्पिक रुपमा नेपाली जन्ताको आवश्यकता रहेको बताउँदै नेता जुलिले परिवार दलको सिद्धान्त एकदमै राम्रो रहेको बिचार ब्यक्त गरे। यस अघि उनले परिवार दलका युवा नेता खडक नागरीलाइ भारतको राजधानीमा स्वागत गरेका थिए । यस्तै भेटघाटका क्रममा दिल्लीमा रहेका प्रवासीहरुलाइ कुनै किसिमको समस्या पार्यो भने भारतिय जन्ता पार्टीको तर्फबाट सधै सहयोग रहनेछ भनि प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।


