धनगढी : कैलाली भएर बग्ने मोहना किनारमा एक किशोरीको शव फेला परेको छ। भारततर्फको मोहना नदीमा किशोरीको शव फेला परेको हो। नेपालबाट बगेर भारतमा पर्ने हल्दुघाटस्थित मोहना नदीमा किशोरीको शव फेला परेको प्रहरीले बताएको छ।
सो सब धनगढीबाट केही दिन अघी बेपत्ता भएकी आस्था सर्माको रहेको खुलेको छ । सोमबार धनगढीबाट बेपत्ता भएकी १६ बर्षिय सर्माको शुक्रबार बिहान मोहना नदीमा सब भेटिएको हो । सोमबार बिद्यालय जान्छु भनेर हिँडेकी सर्माको खोजीका लागी प्रहरी टोली खटिएको थियो ।
खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो। शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।
उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको शव फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले सब चिनिने अवस्था नभएपनि कागजमा लेखिएको नाम, र परिवारले कपडाबाट आस्थानै भएको पुस्टी गरेको बताए ।
प्रहरीका अनुसार बेपत्तापछि अनुशन्धान गर्दा उनले एकजना युवकलाई प्रेम प्रस्ताव गरेको तर केटाले प्रस्ताव अस्वूकार गर्दा उनले आफु मर्न सक्ने समेत चेतावनी दिएको पाइएको छ । सोही फोन र मेसेजका आधारमा नदीमा खोज्ने कार्य थालेको र आज शव भेटिएको जोशीले बताए । थप अनुशन्धान जारी रहेको उनले बताए ।