धनगढी। धनगढी विमानस्थलमा यात्रु कुटेको पुष्टिपछि हवल्दारलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले प्रहरी हबल्दारले यात्रु कुटेको पुष्टि भएपछि उनीमाथि विभागीय कारवाहीको सिफारिस गरिएको बताए।
डिएसपी जोशीको संयोकत्वमा गठिन छानविन समितिले एयरपोर्ट सुरक्षामा कार्यरत हवल्दार कृष्ण पाण्डेले यात्रु कुटेको पुष्टि भएकाले उनलाई विभागीय कारवाहीका लागि सिफारिस गरेको हो। डिएसपी जोशीले भने, उक्त घटनामा हवल्दार माथी पनी अपशब्द प्रयोग भएकाले सिसीटिभी फुटेज हेर्दा पाण्डेले थप्पड हानेको देखियो। उक्त काम प्रहरीको व्यवसायिक धर्मभित्र नपर्ने भएकाले विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ, उनले भने । प्रहरी भित्रैकै बिभागमा उनको कारवाही हुन्छ।
कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीमाथी प्रहरीहवल्दारद्वारा भदौ १८ गते हातपात भएको थियो । उक्त हातपातबाट गिरीको आँखा सुनिएको थियो। उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो । हबल्दारमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सुरु गरेको थियो। एयरपोर्ट पोस्टबाट जिल्ला प्रहरी कार्यालयमा झिकाउँदै उनीमाथि अनुसन्धान सुरु भएको थियो ।


