कैलाली। कैलालीको गोदावरी नगरपालिका -१० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको उद्घाटन गरिएको छ । आज सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले पुलको एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए ।
उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए ।‘चाक्लेखोला खोलामा पानी आउँदा बिरामी, सुत्केरीलाइ अस्पताल लैजान नै समस्या रहेको बताउँदै अब यो समस्या हटेको बताए । उनले अब प्रदेश सरकारले यस पुल भएर अत्तरिया फल्डुडे जोड्ने सडकको काम पनि अगाडी बढाएको छ । यस बर्ष मात्रै साढे १० करोड बजेट विनियोजन गरेको बताए । ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएकोले चालु आर्थीक बर्षमा पनि धेरै योजना र बजेट समेटिएको उनले बताए।
प्रदेशको राजधानीको ओझेल परेको क्षेत्र हो । अब यो क्षेत्र सबैभन्दा राम्रो क्षेत्र बन्नेछ उनले भने। उक्त पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जयररोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए । २६.१ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ।