धनगढी : निर्माण ब्यवसायी संघ कैलालीको प्रथम उपाध्यक्षमा निर्माण ब्यवसायी धिरेन्द्र साउँद निर्बिरोध निर्वाचित भएका छन् । निर्माण ब्यवसायी संघ कैलालीको ११ अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा साउँद निर्बिरोध भएका हुन् ।
लामो समयदेखी निर्माण ब्यवसायमा सक्रिय साउँद बिभिन्न सामाजिक कार्यमापनि सक्रिय छन् । बुधबार उद्घाटन भएको निर्माण ब्यवसायी संघ कैलालीको २७ औँ साधारणसभा तथा ११ औँ अधिवेशनपछि बिहिबार मनोनयनको समय तोकिएको थियो । साउँदको एकल मनोनयन परेपछि प्रथम उपाध्यक्षमा उनि निर्बिरोध भएका हुन् । अन्य पदका लागी भने बिहिबारनै निर्वाचन हुँदैछ ।