धनगढी : बिश्व साक्षरता दिवशको खवशरमा बालबालिकाहरुको क्षमता अभिबृद्धीका लागी बिविध अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको छ । बिहिबार युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङीण अपांगता बिकास समाज नेपाल धनगढी कैलाली द्वारा संचालित अपांगता भएका बालबालिकाहरुको क्षिक्षामा पहुँच अभिबृद्धी गर्न सबैका लागि पढाई कार्यक्रमको आयोजनामा सो क्रियाकलाप गरिएको हो ।
यि बिभिन्न संघ संस्था र धनगढी उप महानगरपालिकासंग सहकार्य गर्दै धनगढीको पञ्चोदया माध्यमिक बिद्यालयमा चम्चा दौड र बेलुन फुटाउने प्रतियोगिता आयोजना गरिएको सर्वाङीण अपांगता बिकास समाज नेपाल धनगढी कैलालीका कार्यकारी निर्देशक नन्दराज भट्टले बताए ।
धनगढी उप महानगरपालिका र सबैका लागि पढाई कार्यक्रम अन्तरगका संघ संस्थाहरुसंग सहकार्य गर्दै बालबालिकाहरुका लागी यी प्रतियोगिता गरेको धनगढी उप महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद साखा प्रमुख अम्बादत्त भट्टले बताए । उत्कृष्ठ हुने बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको भट्टले जानकारी दिए । साथै यसै अवशरमा कबिता, बक्तित्वकला, चित्रकला प्रतियोगिता समेत रहेको उनले बताए ।
बिषेशगरी अतिरिक्त क्रियाकलाप भनेको शिक्षण सिकाई प्रक्रियाको अभिन्न अगं भएको बताउँदै भट्टले बिद्यार्थीको श्रृजनात्मक प्रतिभा प्रस्फुटनका लागी यसले ठुलो भुमिका खेल्ने बताए । उप महानगरसंग सहकार्य गर्ने सबै संघ संस्थाहरुलाइपनि उनले धन्यबाद दिए ।