कैलाली। स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालीकाको सय दिनको काम सार्बजनिक भएको छ । मेयर गोपाल हमालले १०० दिनको अवधीमा नगरबासीहरुलाई विशेषज्ञ सेवाको सुनिश्चितताका लागि २०७९ श्रावण १ गते देखि विशेषज्ञ बड़ा स्वास्थ्य क्लिनीक संचालन देखी खाल्टा पुर्ने देखी ई हाजिरी सम्म कार्य प्रगति विवरण सार्वजनिक गरेको बताए ।
हमालले पत्रकार सम्मेलन गर्दै फोहरमैला व्यवस्थापनका लागि धनगढी उप महानगरपालिकाले विशेषज्ञ यम प्रसाद भन्डारी स्रोत: व्यवस्थापन प्रा.लि संग सम्झौता भएको बताए । खोला नालामा विगतौ बर्ष देखि भैरहेको अतिक्रमण हटाउने कार्यको प्रारम्भ,सुशासन कायम राख्न र जनगुनासो सुन्नका लागी वाट्र्स एप नम्बर सुचारु, धनगढी ट्राफिक चौराह देखि क्याम्पस रोड चौक सम्मका सडकमा रहेका खाल्डा खुल्डी पुर्ने कार्य, नाली सफा गरि समस्या निराकरण गरिएको जानकारी दिए। यस्तै छाड़ा गौ बशिय पशुहरुको व्यवस्थापन, सडक क्षेत्रमा राखिएका ठेलाहरुलाई व्यवस्थित गर्न स्थान दिएको र सडक क्षेत्रबाट हटाइने गरी व्यवस्थापन सुरु गरिएको छ उनले भने ।
धनगढी उप-महानगरपालिका भित्र हुने निर्माण कार्यमा अनावश्यक ढिला सुस्ती भईरहेको बिगतको प्रणाली सुधार, बृक्षरोपण, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासी लाई लालपुर्जा वितरण, उपमहानगरपालीकामा विभिन्न निर्माण सेवा, परामर्श सेवा तथा खरिद सेवा सोझै खरिद गर्ने व्यवस्था तथा कर्मचारीहरुको कार्यालयमा हुने उपस्थिति तथा शुसाशनका निम्ती कार्यालयमा ई हाजिरी जडान गरिएको बताए । यस्तै कैलालीको भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले सय दिनमा धेरै काम गर्न सफल भएको बताएका छन् । उनले भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको शव परीक्षण घरलाई व्यवस्थापन गरी सञ्चालनको प्रक्रियामा ल्याएको, विकासका आयोजनाहरूलाई पहुँचका आधारमा नभई आवश्यकताका आधारमा कार्यान्वयनमा ल्याएको, लामो समयदेखि पुनस्थापना भई अनुदान पाउन छुट भएका मुक्तकमैया पुनःस्थापनाका लागि नगरपालिकाबाट रु ६४ लाख ९० हजार विनियोजन गरी वितरणको तयारीमा रहेको कुरालाई विशेष उपलब्धिको रुपमा लिएको बताए ।
नगरप्रमुख चौधरीले कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनको चरणमा रहेको, कक्षा ८ सम्म निःशुल्क शिक्षा पढ्न पाउने व्यवस्था गरिएको बताउँदै शिक्षा, स्वास्थ, कृषि क्षेत्रलाई नगरपालिका प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “हाम्रो पालिकाको ठूलो सम्भावना भएको अवसर कृषि हो भने सबैभन्दा ठूलो चुनौती बाढी र डुबान ।” नगरप्रमुख चौधरीले भने, “चुनौतीलाई समाधान गर्न सके हाम्रा अवसरहरूले नगरपालिकाको स्तर माथि उठाउन टेवा पुग्ने छ ।” उपलब्धिमा उल्लेख्य प्रगति नदेखिए पनि थुप्रै कामको सुरुआत भएको र परिणाम आउन अबको सय दिन अरु पर्खनुपर्ने बताउँदै नगरप्रमुख चौधरीले पहिलेको भन्दा राम्रो गरौँ भन्ने योजनाका साथ आफूहरुले कार्ययोजना तयार पारेको बताए ।
“निर्वाचनमा जनताका सामु लिएका मुद्दालाई क्रमशः कार्यान्वयन गर्दै अगाडि बढ्नेमा कुनै समस्या छैन ।” नगरप्रमुख चौधरीले भने, “सँगै अन्य प्रतिस्पर्धामा सहभागी उम्मेदवारका मुद्दालाई समेत समेटेर जनताको आवश्यकतानुसार स्थानीय सरकार काम गर्नेमा विश्वास दिलाउँछु ।”टीकापुर नगरपालिकाले पनि सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । नगरप्रमुख रामलाल डगौंरा थारूले विगतका वर्षहरूमा हुने गरेको असारे विकासको अन्त्य गरी वैशाख मसान्तभित्र योजना तथा कार्यक्रम सम्पन्न गर्ने नीतिगत निर्णय भएको, टीकापुर पार्कलाई प्लाष्टिकरहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने र विकल्पका रुपमा दुना टपरीको प्रयोग बढाउने योजना अघि सारेको, नगरपालिकाले टीकापुर क्षेत्रको समग्र विकासका लागि औद्योगिकग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याउने तयारी भएको, ज्याला कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइनेलगायतका महत्वपूर्ण काम सय दिनमा भएको बताएका छन् ।उनले फोहरलाई मोहरमा परिणत गर्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर फोहर व्यवस्थापनको काम अघि बढेको बताउँदै ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैँचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन, टीकापुर अस्पतालमा उपलब्ध गराइँदै आएको बालरोग र स्त्रीरोग विशेषज्ञ सेवालाई निरन्तरतालगायतका कामलाई निरन्तरता दिइएको बताएका छन् । नगरपालिकाले १७ बुँदे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।कैलारी गाउँपालिकाले पनि सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले मालपोत समायोजनदेखि लिएर रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा पालिकाका जनतालाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्मका निर्णय भएको बताए ।
उनले मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम सञ्चालन, पुलहरूको मर्मतसम्भार, १५ शय्याको अस्पताल निर्माणका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रक्रिया, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर सञ्चालन, कृषक समूहलाई कृषि कार्यका लागि रु २५–२५ लाख अनुदान, पकेट कार्यक्रम सञ्चालनका लागि वडा छनोट, सञ्चालित कार्यक्रमको सघन अनुगमनलगायतका उपलब्धि सय दिनमा हासिल गरेको बताए । घोडाघोडी नगरपालिकाले पनि सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले नगरपालिकाको कार्यपालिका बैठक घुम्ती सेवाका रूपमा क्रमैसँग वडामा सञ्चालन भएको, आव २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट तयार भई कार्यान्वयनको चरणमा रहेको, नगरभित्र रहेका तालतलैयाका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न विशेष समिति गठन गरी परिचालन, नगरपालिकाभित्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्न सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम, नगर अस्पताल निमार्णकार्य द्रुतरूपमा अगाडि बढेको, नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत दुई सय ७१ जना असहाय टुहुरा बालबालिकाको नगरपालिको अपनत्व ग्रहण गरी निजहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताए ।त्यस्तै वडा, टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण, नागरिक आरोग्य सेवा केन्द्र स्थापना, राजमार्ग क्षेत्रमा तीनवटा सिसिटिभी क्यामेरा जडान, राजमार्गको सुरक्षाका लागि दङ्गा प्रहरी बस्ने भवनको निर्माणकार्य अन्तिम चरणमा रहेको, सबै वडामा गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरिएको नगरप्रमुख रावतले बताए । कैलालीका अन्य स्थानीय तहले पनि सय दिनमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गर्दै आएका छन् ।