धनगढी : नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ का लागी प्रधानमन्त्री पत्नी तथा काग्रेंस नेतृ आरजु राणा देउवाको एकल नाम सिफारिश भएको छ । काग्रेंस क्षेत्र नम्बर ५ कैलालीले उनलाई निर्बिकल्प एकल उमेदवार सिफारिश गरेको थियो । काग्रेंसले उनलाई एकल उमेदवार सिफारिश गरेपनि अन्य ४ ठाउँबाट समेत उनको नाम सिफारिश भएको छ ।
तर आरजुले आफु निर्वाचन कहाँबाट लड्ने भनेर आधिकारिक घोषणा गरेकी छैनन् । तर काग्रेंस कैलालीकै नेताहरु भने आरजु कैलालीबाट निर्वाचन नलड्ने बताउन थालेका छन् । आफ्नो शक्ती देखाउनका लागी मात्रै कैलाली क्षेत्र नम्बर ५ बाट एक्लै सिफारिश गर्न लगाएको तर आरजु कैलालीबाट निर्वाचन नलड्ने काग्रेंस कैलालीका नेताहरु बताउँछन् ।
आरजु हार्ने चुनाव लड्नु हुन्न काग्रेंस कैलालीका एक नेताले भने “आरजुलाई धनगढीबाट चुनाव जित्न धेरै गाह्रो छ त्यस कारण उहाँ अन्तैबाट चुनाव लड्नुहुन्छ या समानुपातिकमा बस्नुहुन्छ, चुनाव लड्नका लागी उहाँले कुनै तयारीनै गर्नुभाछैन अहिले जपानमा हुनुहुन्छ अनी दशैँपछि आउनुहुने हो ।”
कैलाली क्षेत्र नम्बर ५ मा यही क्षेत्रको मान्छे चुनाव लडे सबै काग्रेंस एक हुन्छ उनले भने “कैलाली ५ मा बरु नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनुको सम्भावना बढी छ, उनी चुनाव लड्न तयार छन् उनले टिकट पाए पुस्करनाथ ओझा सहितको सबै काग्रेंसको सहयोग पाउनुहुन्छ ।”