धनगढी : नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायरले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई धनगढी बिमानस्थलमा भेट गरेका छन् । धनगढीमा पार्टी कार्यक्रमका लागी आउँदै गर्दा बिमानस्लथको भिआइपी कक्षमा बलायरले प्रचण्डलाई भेटेका हुन् ।
कामले बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बलायरले नमस्ते म बिर बहादूर बलायर काग्रेंसको सुदूरपश्चिम सभापति भनेका थिए । प्रचण्डले ए भनेर नमस्ते फर्काए । उहाँहरुबिच अरु कुनै कुराकानी भएन । बलायर स्थानिय तह होस या आशन्न निर्वाचनमा गठबन्धनको बिपक्षमा छन् । स्थानिय तहमा आफ्नो गृह जिल्ला डोटीमा काग्रेंसलाई उनले एक्लै लडाए । आगामी प्रदेश र प्रतिनिधीसभा निर्वाचनमापनि उनले आफ्नो गृह जिल्ला डोटीमा गठबन्धन नगर्ने निर्णय गरेका छन् ।