धनगढी : नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा निबर्तमान संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम बहादूर आलेले डोटी दिपायल राख्नका लागी आफुले हदैसम्म गरेको दावी गरेका छन् । सोमबार गृहजिल्ला डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यास गर्दै आलेले दिपालय राजधानी बनाउनका लागी कुनै कसुर बाँकी नराखेपनि त्यो सम्भव नभएको बताए ।
मैले दिपायलमा राजधानी राख्न नसके सांसद पदनै त्याग्ने घोषणा गरेको थिए तर राजिनामा भने गरेन आलेले भने “त्यो बेला हाम्रो पार्टीको अध्यक्ष कमरेड केपी ओली हुनुहुन्थ्यो, र पार्टीको बहुमतपनि थियो त्यही बेला मैले उहाँलाई भेटेर प्रदेशको सेन्टर पोइन्ट दिपायल हो त्यहाँ राजधानी राख्नुपर्छ भनेको थिए उहाँले मलाई हामी सरकारमा गए त्यही गर्छौ भन्नुभएको थियो, उहाँले मात्रै नभएर माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत दिपायल राजधानीका लागी भनेको थिए त्यो बेला सकारात्मक हुनुहुन्थ्यो दुर्भाग्यबस बहुमतकै सरकारका बेला गोदावरी राजधानी तोकियो ।”
राजधानी दिपायल बनाउनका लागी हर प्रयास गरेको आलेले बताए । हाम्रै डोटीको सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ तर राजधानी तोक्नका लागी दुई तिहाई बहुमत चाहिन्छ त्यस कारण मुख्यमन्त्रीलेपनि त्यो सक्नुभएको छैन उनले भने “म दावाका साथ भन्छु मैले दिपायल राजधानीका लागी हर प्रयास गरे त्यो बेला हाम्रो सरकार नभएकै रहेछ र राजधानी अन्तै तोकियो ।”
तत्कालीन नेकपाभित्रबाट निर्वाचित भएका कैलाली–कञ्चनपुरका सांसदहरुले पहाडमा राजधानी ल्याउँनका लागि सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उनको जिकिर छ । यसलाई उनले डोटी र डोटेलीको लागि दुर्भाग्य भएको बताएका छन् ।
त्यस्तै अहिले धनगढीबाट सरेर गोदावरीमा राजधानी आएको तर, संरचना बन्न नसकेको उनले जनाए । संरचना निर्माणका लागि पनि दलहरुसँग छलफल अगाडि बढाएको उनको दाबी छ। गोदावरीमा वन जँगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उनको ठहर छ ।