धनगढी : नेकपा एमालेले कैलाली क्षेत्र नम्बर १ का लागीपनि उमेदवार सिफारिश गरेको छ । क्षेत्र नम्बर १ मा ३ जनाको नाम सिफारिश भएको छ । प्रतिनिधीसभाका लागी सम थापा, तपेन्द्र रावल र शिलु खतिवडालाई सिफारिश गरिएको हो ।
प्रदेशसभा तर्फ भने ७ जनाको नाम सिफारिश भएको छ । प्रदेशसभा क मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्लीराज जोशी र भोजराज शर्मालाई सिफारिस गरिएको छ भने प्रदेशसभा ख मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतनलाई सिफारिस गरिएको छ।
अघिल्लो पटक यहाँबाट राजपाका उम्मेदवार रेशम चौधरीले र वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए ।