नेकपा एमालेले आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का लागी बर्तमान प्रतिनिधीसभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानालाई दोहोर्याउने भएको छ । आज एमाले प्रदेश निर्वाचन समन्वय कमिटिको बैठकले रानालाई प्रतिनिधीसभाका लागी सिफारिश गरेको हो । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी उनी उकल उमेदवारका रुपमा सिफारिश भएका हुन् ।
यस्तै प्रदेश सभा क मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ । उनीहरुलाई प्रदेश निर्वाचन समन्वय कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको हो । त्यस्तै प्रदेश ख भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद सिफारिस भएका छन् ।