धनगढी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिका निर्वतमान मेयर नृप वहादुर वडले विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै वडले सो कुरा बताएका हुन् ।
नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको उनले स्मरण गरेका छन् । वडले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने सुदूरपश्चिम प्रदेशको मुख्य पर्व भएको बताएका छन् । बिशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेश मा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको उनको भनाई छ ।