धनगढी : नेकपा एकिकृत समाजवादी पार्टीकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य पुर्णा जोशीले राजधानी र नामाकरणका बेला अली ख्याल नपुगाएको जस्तो अनुभव भएको बताएकि छिन् । निबर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले शुक्रबार प्रदेशसभा अन्त्य भएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै राजधानी तोक्ने बिषयमा दलको ह्वूप उल्लघंन गरेको भएपनि हुने थियो भन्ने अनभुव भएको बताइन् ।
तत्कालिन समयमा प्रदेशसभामा बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सांसद हामी थियौँ हाम्रो दलले ह्वूप लगाएर बहुमतका आधारमा प्रदेशको राजधानी र नाम टुगों लगाएको हो जोशीले भनिन् “त्यो बेला हामी आबद्ध दलले ह्वूप जारी गरेर राजधानी र नाम तोक्दा सोही ह्वूप मानेर हामीले गोदावरी राजधानीका पक्षमा मतदान ग¥यौँ तर आज नगरेको भए हुने थियो भन्ने पछुतो भएको छ ।”
जनताले राजधानी चाहेको डोटी दिपायलमै थिए उनले भनिन् “जनमत बिपरित दलको ह्वूप मानेर गोदावरी राजधानीमा हस्ताक्षर गरेकोमा पछुतो भएको छ, त्या् नगरेको भए हुने थियो भन्ने लागेको छ ।” प्रदेशसभाको कार्यकाल सुखद रह्यो एउटा बिषय त्यही राजधानीको बिषयमा पछुतो भएको हो, अरु सबै काम हामीले राम्रै गरेका छौँ लागेको छ उनले भनिन् “जनप्रतिनिधीका हिसाबले जनताका आवाज सदनमा बुलन्द गरेकी छु, निति कार्यक्रम, बजेट लगायत समग्र प्रदेशका कार्यक्रममा जनताका आवाज बुलन्द गरेको लाग्छ, म आफै अधिकासं ठाउँमा शन्तुस्ट छु ।”