सुदूरपश्चिम प्रदेशसभाको कार्यकालको समिक्षा तथा प्रदेशसभा सदस्यहरुलाई सम्मान कार्यक्रममा आफ्नो मर्यदा मिचिएपछि उप सभामुख निर्मला बडाल जोशी रुस्ट बनेकी छिन् । बर्खास्त राज्यमन्त्रीलाई समेत मन्त्रीकै दर्जा दिने तर उप सभामुखलाई त्यो भन्दापनि पछिको मर्यदामा आशन ग्रहण गराइएपछि उप सभामुख जोशी रुस्ट भएकी हुन् ।
आशनग्रहणको क्रममा उद्घोषकले उनको मर्यादाक्रम मिचेर अर्कालाई आशनग्रहण गराएपछि उनी रुष्ट बनेकी हुन् । मर्यादाक्रम अनुसार विपक्षी दलका नेताभन्दा अगाडि आशनग्रहण गराउनुपर्नेमा पछाडि गराइएपछि उनी रुष्ट बनेको बताइएको छ । रुष्ट बनेकी निर्मला बडाल जोशी अथिति दीर्घमा आशनग्रहणको लागि आग्रह गर्दा समेत अतिथि दीर्घभन्दा अगाडिको शोफामै आशन ग्रहण गरिन् ।
कार्यक्रममा भरखरै बर्खास्तमा परेका निबर्तमान भौतिक पुर्वाधार राज्यमन्त्री कुलबिर चोधरीलाइै राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको थियो । प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाउध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्मन्त्रीकै दर्जा दिएर प्रदेश सरकारको उपहाससँगै कानूनकै धज्जी उडाउने काम प्रदेश सभा सचिवालयबाट भएको बताए ।