कैलाली। कैलालीको गोदावरी नगरपालीका ४ खैराना गाउँमा गौरा पर्वको अवसरमा खेल तथा डेउडा कार्यक्रमको आयोजना गरिने भएको छ। गोदावरी ४ खैराना गाउँस्थीत शिवगौरा मन्दिरमा (भोली)भदौ १८ गते देखी २४ गतेसम्म (एक हप्ता) गौरा पर्वको अवसरमा खेल तथा डेउडाको आयोजना गरिने मेला ब्यवस्थापन समितीले जनाएको छ।
आयोजक मेला ब्यवस्थापन समितीका अध्यक्ष गंगाराम अवस्थीले गौरा खेल तथा डेउडा कार्यक्रममा सम्पुर्ण भक्जन, दर्शनार्थी, खेलाडी,डेउडे कलाकारकासाथै सबै दाजुभाई दिदीबहिनीमा हार्दिक आमन्त्रण गरेका छन् । साथै उक्त अवधीसम्म कुनैपनी मादक पदार्थ लागुपदार्थ जुवातास, क्यारेमबोर्ड, खेल्न खेलाउन, बिक्री बितरण पुर्ण रुपमा बन्द गरिएको जनाइएको छ । यदि उक्त कार्य गरेको पाइएमा नियम अनुसार कार्वाही गरिनेछ जनाइएको छ ।