कैलाली। नेकपा एकीकृत समाजवादीका प्रदेश सहसचिव एवम् सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले कम्युनिष्टका सच्चा सिपाई नेकपा एकिकृत समाजवादीमै रहेको बताएका छन् । शुक्रबार एकीकृत समाजवादी निकट युवा संघले सुरु गरेको महाकाली मेची अभियान अन्तरगत कैलालीको अत्तरियामा आयोजित कोष सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले कञ्चनपुरमा केपी ओलीले केही मुसा भित्र्याए पनि न्यायको पक्षमा, सत्यको पक्षमा लाग्ने कम्युनिष्ट पार्टीका सच्चा सिपाई भने समाजवादीमै रहेको बताए । उनले भने,‘हामीले रगत पसिनाले नेकपा एमाले बनायौँ,सुदूरपश्चिममा हामीले दुई तिहाईको सरकार स्थापित गर्र्यौँ, तर केपी ओलीको अहंकारले नेकपा विभाजन भयो । त्यसपछि एमालेमा पनि बिद्रोह गरेर अहिले हामी जनताका बिचमा आएको बताए। उनले सुदुरपश्चिम क्षेत्रमा हामीले सबैभन्दा ठूलो दल पनि बनाएको दाबी गरे। अहिले नेकपा एमालेका नेता कार्यकर्ताहरुले झुटको खेती गरिरहेको बताए । उनले भाद्र १५ गते एमाले प्रवेश गरेका नेताहरुलाई मुसाको संज्ञा दिए। उनले भने, अस्ती मात्रै केपी ओली आएर केही मुसाहरुलाई उतापट्टि छिराए ।
अवसरवादी त्यता गएका छन। ति अवसरवादी मुसाहरुलाई छोडीदिनुस उनले भने।कोण सभामा बोल्दै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेको सोडारीले प्रदेशमा थुप्रै ठुलाठुला आयोजना अघि बढेको र बाटाघाटाको विकास निर्माणका काम गरेको बताए ।उनले देशमा आमुल परिवर्तन र नेपाली जनताको पक्षमा अगाडी बढ्ने यो अभियान रहेको बताउँदै उनले एकीकृत समाजवादी पार्टीले प्रदेशबाट जनताको परिवर्तनको अभियानलाई आत्मसाथ गर्दै अगाडी बढ्ने दाबी समेत गरेका छन्।भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानको रुपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने छ । बुधबार कञ्चनपुरमा सुदूरपश्चिमका एकीकृत समाजवादीका बिभिन्न नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ गराएका थिए । यस्तै समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई एमालेमा प्रवेश गरेका थिए ।भिडियो स्रोत डिलु पन्तबाट
https://www.facebook.com/dilu.panta.7/videos/473224034710993/


