धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आजबाट अन्त्य भएको छ । प्रदेश सभाको १० औँ अधिवेशन आजबाट अन्त्य भएको हो । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन तय भएसंगै सांसदहरु चुनावमा केन्द्रित हुने भएकाले पनि अधिवेशन अन्त्य भएको हो ।
१० औँ अधिवेशन अन्त्य भएसंगै अब नयाँ प्रदेशसभा सदस्यहरु निर्वाचित भएपनि ११ औँ अधिवेशन सञ्चालन हुने छ । हाल रहेका प्रदेशसभा सदस्यहरुका लागी आजको बैठक अन्तिम बैठक थियो । आज अन्तिम दिन प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गरिएको छ ।
प्रदेशसभाले आफ्नो पहिलो कार्यकालमा ६७ वटा कानुन निर्माण गरेको जनाएको छ । सभामुख अर्जुन बहादूर थापाले प्रदेशसभाको प्रमुख उपलब्धीनै कानुन निर्माण रहेको बताए । हामी निर्वाचित भएर आएपछि म निर्बिकल्प सभामुख भए थापाले भने “सबैभन् पहिले हामीले प्रदशेसभा सचिवालय र प्रदेशसभा बस्नका लागी हलको ब्यवस्थापन गर्नुपर्ने थियो, जिल्ला समन्वय समिति कैलालीको हलमा प्रदेशसभा बैठक सञ्चालन गर्ने भयौँ त्यो ब्यवस्थापन संगै सचिवालय ब्यवस्थापन पहिलो प्रार्थमिकता रह्यो, त्यसपछि बिषयगत समितिका सचिवालय ब्यवस्थापन, सवारी साधन लगायतको ब्यवस्थापनमा हामीले जोड दियौँ ।”
सबैसंगको सल्लाहाले प्रदेशसभामा आएका बिधेयक कुनै बाहेक धेरै जसो सर्वसम्मत तरिकाले पास भए थापाले भने “प्रदेश सरकारले ल्याएको बजेट पारित गर्न सक्यौँ कार्यान्वयनको पाटो प्रदेश सरकारको काम हो, अहिले हामीले ६७ बिधेयक बनाएर पारित गरेका छौँ, प्रदेशसभाको बैठक प्रत्यक्ष जनताले हेर्ने ब्यवस्था मिलाएका छौँ ।”
प्रदेशसभाका मुख्य काम भनेको सरकार निर्माण गर्ने हो थापाले भने “स्थाई रुपमा प्रदेशसभाले सरकार निर्माण गरेको छ, ऐन निर्माण गरेको छ, एकल कानुन र संघ सितका कानुन बनायौँ, बजेट पारित गरेका छौँ धेरै बिवाद भएन, अध्यायदेशबाट बजेट ल्याउनुपर्ने अवस्था आएन ।”
प्रदेशसभाले गर्ने भनेको कानुन पास गर्ने हो, अब राजधानीपनि हामीले देशभरीमै पहिलो तोकेका हौँ उनले भने “तर कार्यान्वयनको पाटो सरकारले गर्ने हो हामीले होइन, प्रदेशसभामा जनताका आवाज आउन भन्ने हो हामीले सबै माननियहरुलाई समय दिएका छौँ, जनताका आवाज आएका छन्, हामीले ति आवाज सरकार समक्ष पुगाउने हो ।”