धनगढी : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी नेपाली काग्रेंस डडेल्धुराले उमेदवार सिफारिश गरेको छ । काग्रेंस डडेल्धुराले प्रतिनिधिसभा सदस्यका लागी प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवालाई सिफारिश गरेको हो । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो।
बिहिबार काग्रेंस क्षेत्रिय समिति बैठकबाट प्रदेश क र ख ले देउवालाइनै उमेदवार बनाउने गरी सर्बसम्मत सिफारिश गरेको डडेल्धुरा काग्रेंसका सचिव हेमराज चटौतले बताए। यस्तै भोलि जिल्ला समितिले पनि सोही निर्णयलाई सदर गर्ने उनले बताए।
यस्तै नेपाली काग्रेंसले डडेल्धुराको प्रदेश क र ख का लागी पनि उमेदवार सिफारिश गरेको छ । बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ बाट नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको नाम सर्वसम्मत सिफारिस गरेको हो। यस्तै डडेल्धुरा ‘ख’ का लागी सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री गोबिन्द बोहरालाई सिफारिश गरेको छ ।