डडेल्धुरा। नेपाली काँग्रेसले डडेल्धुराबाट प्रत्यक्षतर्फ शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचनकालागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो।
बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ र प्रदेश ‘ख’ले देउवालाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए। यस्तै भोलि जिल्ला समितिले पनि सोही निर्णयलाई सदर गर्ने उनले बताए। देउवा यसअघि पनि डडेल्धुराबाटै सांसदमा निर्वाचित भएका थिए।यस्तै बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ बाट नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको नाम सर्वसम्मत सिफारिस गरेको छ।