कैलाली। कैलालीको भजनीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाटबाट सोही ठाउँका २८ वर्षीय सुगन्ध बस्नेतलाई पक्राउ गरेको प्रहरीले बताएको छ।ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई लागुऔषध (खैरो हेरोईन) ५ ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
आज प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध (खैरो हेरोईन) बरामद गरेको हो । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताएका छन्।